बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख पचास हजार नाघ्यो
बेलायतमा महामारी सुरु भएयता कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितको मृत्यु भएपछि कुल मृतक सङ्ख्या एक लाख पचास हजार ५७ पुगेको हो ।
बेलायतमा कोरोना सङ्क्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएमा कोरोनाका मृतकको रूपमा घोषणा गरिन्छ । विश्वभरमा कोरोनाका कारण मृत्यु हुने सङ्ख्या एक लाख पचास हजार नाघ्ने मुलुकमा अमेरिका, ब्राजिल,भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा पर्दछ । यसैगरी बेलायतमा पछिल्लो २४ घण्टामा थप एक लाख ४६ हजार ३९० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक करोड ४३ लाख ३३ हजार ७९४ पुगेको छ ।
कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण बढेपछि बेलायतमा हाल सङ्क्रमण दर तीव्र रूपमा फैलिएको छ । अघिल्लो हप्ता दैनिक सङ्क्रमण दुई लाख बीस हजार नाघे पनि पछिल्ला दिनमा सङ्क्रमण दर केही ओरालो लागेको छ । सङ्क्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई हजार ४३४ जना अस्पताल भर्ना भएका छन् । बेलायतका अस्पतालमा कोरोनाका कारण भर्ना हुनेको सङ्ख्या अठार हजार ४५४ पुगेको छ । त्यस्तै ८६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ४८ लाख २६ हजार २४३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १९ लाख १९ हजार ८१५ जना अर्थात् ९०.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ७६ लाख ३२ हजार ४८३ जना अर्थात् ८२.२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ३ करोड ५२ लाख ७३ हजार ९४५ अर्थात् ६१.३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण