माघे सङ्क्रान्तिका लागि चाकु ! (फोटो फिचर)
काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सङ्क्रान्ति नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।
टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।
एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँ पर्न जाने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले पाए रोजगार
-
सुतली बम पड्काएर सिराहामा लुटपाट
-
बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनबाट बाहिरिँदै मेलिन्दा फ्रेन्च गेट्स
-
हतियार लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन
-
रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० जनालाई सुरक्षित स्थानमा सारियो
-
सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने