नर्भिक अस्पतालले कोभिड–१९ खोप केन्द्र सञ्चालन गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ । निजी क्षेत्रका अस्पतालहरूले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयन क्रममा नर्भिकले खोप केन्द्र सञ्चालन गर्न लागेको हो ।
काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालले कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न सरकारी स्वास्थ्य संस्थाहरूको सहकार्यमा खोप केन्द्र सञ्चालन गर्न लागिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
साविकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताएका छन् । उनका अनुसार स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना हुनेगरी व्यवस्थित ढंगले खोप अभियान सञ्चालन हुनेछ ।
नर्भिकमा कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउन सक्ने सो अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक छलफलपछि एमाले–माओवादी प्रदेश प्रमुखसँग परामर्श गर्दै
-
चालक दलका सिनियर सदस्यले सामूहिक रुपमा बिरामी बिदा लिएपछि ७० भन्दा बढी उडान रद्द
-
म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री
-
राजनीतिक विवादको केन्द्रमा सर्वोच्च अदालत
-
खेलकुद बोर्डका सदस्य सचिवलाई अर्को स्पष्टीकरण
-
झलनाथको प्रस्टीकरण : पार्टी फुटाउने हल्ला सुनियोजित