शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा अनेरास्ववियुको विरोध प्रदर्शन

बिहीबार, २९ पुस २०७८, २१ : १६
बिहीबार, २९ पुस २०७८

कैलालीको धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले प्रधानमन्त्रीद्वयको पुत्ला जलाएको हो ।

भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै साल्ट ट्रेडिङ कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म साँझ राँके जुलुससहित नाराबाजी गर्नुका साथै पुत्ला जलाएको हो ।  उनीहरुले ‘कालापानी लिपुलेक र कालापानी’ हाम्रो हो भन्दै नाराबाजी लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप