ad
x

इंग्ल्याण्डको खराब प्रदर्शन जारी, वेस्ट इन्डिजसँग पराजित

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

इंग्ल्याण्डको ब्याटिङको समस्या टी२० मा देखिँदा वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा पराजित हुन पुगेको छ । अस्ट्रेलियाविरुद्धको एसेजमा निरश प्रदर्शन गरेको इंग्ल्याण्ड वेस्ट इन्डिजसँग ९ विकेटले पराजित बनेको हो । 


बारबाडोसमा भएको खेलमा इंग्ल्याण्ड कुनै समय ७ विकेटको क्षतिमा ४९ रनको दयनीय स्थितिमा रहेको थियो । तर, अन्त्यमा क्रिस जोर्डनको २८ र अदिल रसिदको २२ रनको मद्दतले इंग्ल्याण्डले १९.४ ओभरमा १०३ रन बनायो । इंग्ल्याण्डका मात्र चार खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेको थियो ।



इंग्ल्याण्डलाई सस्तोमा समेट्न जेसन होल्डरले ७ रन खर्चर्दै ४ विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले नटआउट रहँदै ५२ रन बनाएपछि १७ बल बाँकी छँदै उक्त लक्ष्य भेट्टायो । विकेटको हिसाबले टी२० मा इंग्ल्याण्डको सबैभन्दा ठूलो हार हो । पाँच खेलको शृङ्खलाको दोस्रो खेल आइतबार हुनेछ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।