शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

आइतबार, ०९ माघ २०७८, १२ : ०१
आइतबार, ०९ माघ २०७८

बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो । विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको बेइजिङमा ३० जना कोभिड संक्रमित भेटिएका छन् । 

विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित वस्तुबाट कोभिड सर्ने सम्भावना न्यून हुन्छ । तर, चिनियाँ अधिकारीहरुले भने विदेशबाट पठाएको मेलबाट पनि कोभिड सर्न सक्ने आशंका व्यक्त गर्दै आएका छन् । 

विश्वमा अन्य देशहरुको तुलनामा चीनको संक्रमण दर न्यून छ । चीनले कोभिडविरुद्ध शून्य सहनशीलताको नीति अप्नाउदै आएको छ । ४ फेब्रुअरीदेखि सुरु हुने ओलम्पिक खेलका लागि विभिन्न देशहरुबाट अतिथि आउने क्रम सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप