ad
x

बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।


हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेको जनाएको छ । एजेन्सीले भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि यो भेरियन्ट फैलिसकेको संकेत गरेको छ ।



यूकेएचएसएले नयाँ बीए.२ भेरियन्टबारे वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेको बताएको छ । हाल बीए.१ कै फैलावट बेलायतमा सबैभन्दा धेरै रहेको एजेन्सीको पनि भनाइ छ । फ्रान्सका महामारी रोग विशेषज्ञ एन्टोनी फ्लाहल्टले एएफपीसँग कुरा गर्दै एसियामा नयाँ भेरियन्टको फैलावटको दरले आफू चकित बनेको बताए । वैज्ञानिकहरुले भाइरसको म्युटेसनलाई अझै मूल्यांकन गर्नुपर्ने हुन्छ । भाइरसको जिनोममा भएको परिवर्तनका बारेमा अझै पनि अनिश्चितता रहेको एजेन्सीले जनाएको छ । बीए.२ लाई अझै भेरियन्ट अफ कन्सर्न भनिएको छैन ।  तर, फ्लाहल्टले यसबारे सबैजना सचेत हुनुपर्ने र वैज्ञानिकहरुले अध्ययन गर्नुपर्ने बताउँछन् । -अलजजिराबाट













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X