तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्ताहरूलाई कार्वाही गर्न प्रदेश सरकारको निर्देशन
मधेस प्रदेश सरकारले जनमत पार्टीका कार्यकर्ताहरूको हिंसाजन्य गतिविधिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले बुधबार एक विज्ञप्ति जारी गरी जनमत पार्टीका कार्यकर्ताहरूका हिंसाजन्य गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानमा सहभागी हुन आएका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकताहरुले तोडफोड गरेका थिए । जनमत पार्टीका कार्यकर्ताहरूको निशानामा मधेश प्रदेशका प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मे.सु.डा.सतिश साह लगायत निशानमा परेका थिए ।
उनीहरुमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोडको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलव्ध गराउन र दोषीमाथि कार्वाही गर्न समेत सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु