शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल क्रिकेट संघले गर्‍यो खेलाडीको वर्गीकरण : सन्दीप, ज्ञानेन्द्र, सोमपाल ए श्रेणीमा

बिहीबार, १३ माघ २०७८, २२ : ४९
बिहीबार, १३ माघ २०७८

नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष खेलाडी वर्गीकरण गरेको हो ।  क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो 

पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी ग्रेड ‘ए’ मा रहेका छन् ।  ग्रेड ‘बी’ मा  कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहँदा ग्रेड ‘सी’ कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् । 

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड ‘ए’ मा रुबिना छेत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् । यस्तै ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा  ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप