‘किन यसरी’ मा प्रेमी–प्रेमिका बने आकाश र अञ्जली
सोमबार, २४ माघ २०७८, १७ : ३१
अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारी अभिनित गीत ‘किन यसरी’ सार्वजनिक भएको छ । डम्बर खनाल ‘आर्यन’ को शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासा छन् । भिडियोले पनि गीतकै थिम कथाको रुपमा उठाएको छ ।
गायक खनाल हाल अमेरिका रहेका छन् । अमेरिका रहेपनि बेला–बेलामा गीत सार्वजनिक गर्दै आएका उनका केही गीत अझै रिलिजको क्रममा छन् । ती बिस्तारै सार्वजनिक गर्दै जाने उनले बताए । केही अगाडि उनले भुटानी गतिविधि समेटेर ‘नरोइदेउन मेरी आमा’ बोलको गीत रिलिज गरेको थिएँ । मनिषा पोखरेलको कला निर्देशन रहेको भिडियोमा हरि हुमागाईको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण