शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९० करोड पटक हेरियो ७ वर्षकी बालिकाको भिडियो, कमाईन् साढे ३ अर्ब रुपैयाँ

बुधबार, २६ माघ २०७८, १५ : २४
बुधबार, २६ माघ २०७८

रुसी सोशल मीडिया स्टार अनास्तासिया रेडजिस्काया केवल ७ वर्षको उमेरमै इन्टरनेटमा छाएकी छिन् । अनास्तासिया सोशल मीडियाको माध्यमबाट साढे तीन करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिकनी भएकी छिन् ।

केवले ७ वर्षकी अनास्तासियाले ‘द बिगेस्ट किड युट्युबर इन द वर्ल्ड’ को उपाधि पाएकी छिन् । केही रिपोर्टका अनुसार उनले अघिल्लो वर्ष ३ करोड ६० लाख रुपैयाँ कमाएकी थिइन् ।  अनास्तासियाको यो अचम्म लाग्दो सफलताको पछाडि उनको माता पिताको सबैभन्दा ठूलो योगदान छ ।

कसरी गर्छिन् आम्दानी ?

डेली स्टारको रिपोर्ट अनुसार अनास्तासिया आफ्नो विलासी पारिवरिक छुट्टीलाई आधार बनाएर युट्युबमा कन्टेन्ट  बनाउँछिन् । यसलाई उनी युट्युब र इन्स्टाग्राम जस्ता सोशल मीडिया प्लेटफर्ममा अपलोड गर्छिन् । उनको इन्स्टाग्राम अकाउन्ट बच्चामा केन्द्रीत पौष्टिक सामग्री र आकर्षित बिदा तथा महँगो नीजि जेट यात्राको तस्बिरको रोचक मिश्रण हो । करोडौँको संख्यामा फलोअर्स उनको विषयबस्तु मन पराउँछन् । यसबाट अनास्तासियाले मोटो कमाई गर्छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Like Nastya (@likenastya)

कसरी भयो सुरुवात ?

सन् २०१४ मा जन्मिए लगत्तै अनास्तासियामा सेरेबरल पाल्स नामक स्नायु सम्बन्धि समस्या भएको थाहा भयो ।  यसपछि उनका बुवा आमा अन्ना र सर्गेईले आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे । उनीहरुले मुल रुपमा युट्युब च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरेका थिए । तर केही वर्षभित्रै उनले पैसा कमाउन थालिन् । गत वर्ष अनास्तासिया युट्युबमा सबैभन्दा धेरै पैसा कमाउने कन्टेन्ट क्रियटर्सको शीर्ष १० को सूचीम  छैटौँ स्थानमा पुगिन् ।

४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड भन्दा बढी पटक हेरिइसकेको छ । लाइक नात्स्या युट्युब अकाउन्टमा ८ करोड ६० लाख सब्सक्राइबर्स भइसकेका छन् । च्यानलले हालसम्म कूल ६९०० करोड भ्यू पाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप