‘ए मेरो हजुर ४’ को टाइटल गीत ट्रेन्डिङमा
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारको समेत सुरु गरेको छ ।
यसै क्रममा फिल्मको टाइटल गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको फिल्ममा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । कार्यक्रममा अभिनेत्री झरना थापाले आफ्नो फिल्म अभिनयको केही किस्सा सुनाउँदै गीत छायाङ्कनको दुःख समेत सम्झना गरिन् । गीत राम्रो बनेको प्रतिक्रिया दिनै उनले फिल्ममा पनि दर्शकको रुचि ध्यानमा दिएको बताइन् ।
नेपालका पर्यटकीय गन्तव्य फिल्ममा समेटेर विश्वमा परिचित गराउने कोसिस गीत मार्फत गरेको निर्माता सुनिलकुमार थापाले बताए । अभिनेता अनमोलले फिल्मको विषयमा एक सपना देखेको र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले 'राम्रो गरिरहेका छौँ, राम्रो गर' भनेको बताए । श्रेष्ठ यो संसारमा नरहेको कुराले एक छिन स्तब्ध भएको उनको भनाई रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण