आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

म्युजिक भिडियोमा ब्यस्त प्रकृति

आइतबार, ०१ फागुन २०७८, १३ : २१
आइतबार, ०१ फागुन २०७८

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ अहिले म्युजिक भिडियोमा ब्यस्त छिन् । केही अगाडि ७ वर्षपछि अभिनयमा कमब्याक गरेकी उनी पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियोमै ब्यस्त छिन् । यसै क्रममा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘दुई दिने चोला’ सार्वजनिक भएको छ । गीतकार तथा गायक प्रदीप चापाँगाई र दीपा घिमिरेको स्वरमा रहेको गीतमा उनलाई अनिल थापाले मोडलिङमा साथ दिएका छन् ।

प्रदीपकै शब्द तथा सन्जिव सिंहको संगीत रहेको गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदीप सिंहको छ । प्रेम दिवसको अवसर परेर सार्वजनिक गीतको म्युजिक भिडियो अष्ट्रेलियामा छायाङ्कन गरिएको हो । नमित चन्द ठकुरीले निर्देशन गरेका हुन् । 

सुप्रिम पराजुलीको सम्पादन र आदित्यजंग रानाको छायाङ्कन रहेको भिडियोमा एक प्रेम जोडीको प्रेमकथा देखाउन खोजिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप