राप्रपा अध्यक्ष लिङ्देनको प्रतिक्रिया– हिजो महाअभियोग लगाउने देउवा र प्रचण्ड थिए, अहिले नेपाल थपिए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।
सत्तारुढ दलमध्ये नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘स्थानीय तहको चुनाव घोषणा भएपछि ५ वर्षअघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र शमशेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ति भो कि हिजो महाअभियोग लगाउने पात्र शेरबहादुर देउवा र प्रचण्ड थिए, अहिले माधव नेपाल थपिए ।’
राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् । ‘देश जोगाउन सबै सचेत बनौँ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा गण्डकी : आम्दानी कमजोर, खर्च टिठलाग्दो
-
ड्रोनले इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो
-
दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता
-
ऐश्वर्याको हातको शल्यक्रिया गरिने
-
संसद्मा प्रधानमन्त्री प्रचण्डको अङ्कगणित : सके मत बढाउने, नसके यथास्थितिमा राख्ने
-
कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे छलफल हुने