महाअभियोगबारे सत्तारुढ दल जसपाले पत्तै पाएन !
सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल नभएको पाइएको छ । सो दललाई कुनै जानकारी नै नदिइकन सत्तारुढ दलका अन्य सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको खुलासा भएको हो ।
सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले हस्ताक्षर गरी जबराविरुद्ध महाअभियोग गर्दा गराउँदा सत्ता गठबन्धनमा रहेको जसपालाई भने यसबारेमा जानकारीसम्म नभएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले महाभियोगको बारेमा आफ्नो पार्टीलाई कुनै जानकारी नरहेको प्रतिकृया दिए ।
उनले भने, ‘महाभियोगको बारेमा सञ्चारमाध्यमबाट जानकारी पाएँ, पार्टीको आधिकारिक धारणा बैठक बसेर तय गर्छौँ ।’ त्यस्तै, लोकतान्त्रिक समाजवादीपार्टी नेपाल (लोसपा) लाई पनि यो महाअभियोगको बारेमा जानकारी छैन । सो पार्टीका कार्यकारिणी सदस्य एवं सांसद अनिलकुमार झाले सत्ताधारी दलहरुले किन महाभियोग लगायो भन्नेबारेमा आफूहरुलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘जुन प्रधानन्यायधीशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए, उनलाई नै महाभियोग लगाइयो, यो बुझ्न नसकिएको कुरा हो ।’
सोही पार्टीका कार्यकारिणी सदस्य एवं प्रदेश सांसद जितेन्द्र सोनलले पनि महाभियोगको बारेमा पार्टीले आधिकारिक धारणा ल्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण