आइभीएफ सेवा सञ्चालन इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक
जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल टेस्टट्यूब बेबी (आइभीएफ) संचालन इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसार मापदण्ड पूरा गरेको आधारमा आइभीएफ सेन्टर संचालन इजाजत दिएको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेबी (आइभीएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरीय निर्णयबाट नर्भिकलाई आइभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार जनस्वास्थ्य नियमावली, २०७७ ले व्यवस्था गरेअनुसार मापदण्ड पूरा गरी आइभीएफ सेन्टर संचालन इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ ।
यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभीएफ सेन्टरहरू कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए । तर, जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभीएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।
नर्भिकले अस्पतालको मुख्य भवन नजिकै अलग्गै भवनमा आइभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरू तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आइभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
नर्भिक आइभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभीएफ सेन्टर पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव
-
सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा सङ्कुचन आयो: अध्यक्ष शर्मा
-
दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल
-
ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण