मेयरसहित ४ जना अख्तियारको फन्दामा

कमिसन बापतको रकमसहित रौतहटमा एक जना मेयरसँगै ४ जना अख्तियारको फन्दामा परेका छन् । स्थानीय देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलसँगै ४ जनालाई ५ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
देवाही गोनाही नगरपालिकाको कार्यालय देवाहीस्थित आफ्नै कार्यकक्षमा मेयर पटेलले वडाध्यक्ष शेख नुरुल्लाहसँग विकास निर्माणको कार्यमा भागवण्डा बापतको रकम नगद र चेक लिँदै गरेको अवस्थामा आइतबार अपराह्न अख्तियारको टोलीले रंगे हात पक्राउ गर्न सफल भएको छ ।
देवाही गोनाही ७ करुनियाको वडाध्यक्ष नुरुल्लाहसँग कमिसन बापतको नगद २ लाख पचास हजार र सोही बराबरको चेक गरी ५ लाख लिँदै गर्दा मेयर पटेल सहित चार जना पक्राउ परेको स्रोतले जनाएको छ ।
मेयर पटेल सँगै योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख र मेयरको पिए गरी चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि काठमाडौँ तर्फ लगेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा