मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुन्ने क्षमता कम हुन नदिन यसरी गर्नुस् कानको सुरक्षा

बिहीबार, १९ फागुन २०७८, १३ : ०९
बिहीबार, १९ फागुन २०७८

श्रवण शक्ति अर्थात् कान  कम सुन्ने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । आज ३ मार्च अर्थात् फागुन १९ गते विश्व श्रवण दिवस मनाइँदैछ । नेपालमा पनि जीवनभरी सुन्नको लागि सुनुवाइको हेरचाह गरौँ भन्ने नाराका सहित यो आज दिवस मनाइँदैछ । चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै आग्रह गरेको छ । साथै श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वाताबरण सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कम श्रवण शक्तिका लक्षणहरु यस्ता छन् :

–अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोर्याउन अनुरोध गर्ने ।

–टेलिफोनमा कुरा गर्न गाह्रो हुने ।

–चराचुरुङ्कीको आवाज नसुन्निने ।

–कान कराउने ।

–बालेको सुन्ने तर नबुझ्ने ।

–अरुसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु ।

–धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु ।

–रेडियो सुन्दा टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु ।

 यी हुन् श्रवण शक्ति कम हुन नदिने उपाएहरु :

–चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास ‘इयर प्लग’ को प्रयोग गर्ने  ।

–मोवाइल फोन धेरै लामो समयसम्म प्रयोग नगर्ने ।

 –हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने ।

 –जथाभाबी सवारी साधनको हर्न नबनाउने ।

–ठूलो आवाज भएको ठाउँमा लामो समयसम्म नबस्ने ।

–नियमित व्यायाम गर्ने ।

 –अरुको चर्को ध्वनीबाट हुने असरको बारेमा जानकारी दिने र चर्को ध्वनीबाट बाच्ने उपाय सिकाउने ।

 –क्लब, पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गर्ने ।

–आप्mनो श्रवण शक्तिमा कमी आएको महसुस भएका समयमै परीषण तथा  उपचार गर्ने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप