शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित

शुक्रबार, २९ जेठ २०८३, २१ : २३
शुक्रबार, २९ जेठ २०८३

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीको प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । शुक्रबार सभापतिमा ४ जनाले मनोनयन दर्ता गराएका छन्।

हालका सभापति राजन गौतम, महामन्त्री नविन त्रिपाठी, नेताहरू हरि कार्की र माधव कँडेल सभापतिका लागि चुनावी मैदानमा होमिएका हुन्। धेरै प्रतिस्पर्धी भएपछि सर्वसम्मतको प्रयास पनि गरिएको थियो । तर सहमति नजुटेपछि चारैजनाबिच प्रतिस्पर्धा हुन लागेको हो । निर्वाचन कार्यक्रम अन्तर्गत सदस्यहरूमा १२ जना सर्वसम्मत चयन भएका छन्। 

बागलुङ १ बाट मिना शर्मा आचार्य, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, गोरखा १ बाट मनोज गुरुङ, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणी पौडेल निर्विरोध निर्वाचित भए। यस्तै, खसआर्य महिलामा सीता कुमारी अर्याल, मुस्लिम महिलामा समिउन निशा, खसआर्य महिलामै राममाया बस्ताकोटी, खसआर्यको अपाङ्गता कोटामा यदुनाथ सिग्देल सर्वसम्मत भएका छन्। 

दलित महिलामा गीता विश्वकर्मा र खसआर्य महिला तर्फ नै कृष्णकुमारी अधिकारी (अनिशा) सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक डा. राम गुरुङले जानकारी दिए । अरू पदमा केही बेरपछि मतदान हुँदै छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप