रुसी सैनिक युक्रेनको अर्को आणविक संयन्त्रतर्फ बढ्दैछ : राष्ट्रसंघमा अमेरिकी राजदूत
शनिबार, २१ फागुन २०७८, ०९ : ५७

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले रुसी सेना युक्रेनको अर्को आणविक संयन्त्रको नजिक पुगेको बताएकी छन् । युक्रेनको सबैभन्दा ठूलो आणविक संयन्त्र जेपोराजियामाथि रुसले बिहीबार गरेको आक्रमणपछि लिन्डा थोमस ग्रिनफिल्डले विश्व एक विपत्तिबाट बचेको र रुसी सेना अब युक्रेनको अर्को ठूलो आणविक संयन्त्रतर्फ उन्मुख भएको चेतावनी दिएकी हुन् ।
उनले कीभबाट लगभग २०० किलोमिटर दक्षिणमा पर्ने युजोज्रिन्स्क विद्युत् केन्द्रबारे कुरा गरिरहेकी थिइन्। ग्रिनफिल्डले भनिन्, 'खतरा कायम छ । रुसको सेनाले गरेको खतरनाक आक्रमणको अन्त्यको माग गर्न अन्तर्राष्ट्रिय समुदाय एक ठाउँमा उभिनै पर्छ।'
युक्रेनमा भएको आक्रमणपछि रूसी सेनाले चेर्नोबिल आणविक केन्द्र कब्जा गरेको छ । बिहीबार रुसी सेनाले जेपोरजियाको प्लान्टमा पनि गोलाबारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा इलामे चियाको स्वाद
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
वीरेन्द्रनगर सुविधा सम्पन्न बनिसक्दा लगाम, बेतान अझै दुर्गम
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन