रुसी सैनिक युक्रेनको अर्को आणविक संयन्त्रतर्फ बढ्दैछ : राष्ट्रसंघमा अमेरिकी राजदूत
शनिबार, २१ फागुन २०७८, ०९ : ५७
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले रुसी सेना युक्रेनको अर्को आणविक संयन्त्रको नजिक पुगेको बताएकी छन् । युक्रेनको सबैभन्दा ठूलो आणविक संयन्त्र जेपोराजियामाथि रुसले बिहीबार गरेको आक्रमणपछि लिन्डा थोमस ग्रिनफिल्डले विश्व एक विपत्तिबाट बचेको र रुसी सेना अब युक्रेनको अर्को ठूलो आणविक संयन्त्रतर्फ उन्मुख भएको चेतावनी दिएकी हुन् ।
उनले कीभबाट लगभग २०० किलोमिटर दक्षिणमा पर्ने युजोज्रिन्स्क विद्युत् केन्द्रबारे कुरा गरिरहेकी थिइन्। ग्रिनफिल्डले भनिन्, 'खतरा कायम छ । रुसको सेनाले गरेको खतरनाक आक्रमणको अन्त्यको माग गर्न अन्तर्राष्ट्रिय समुदाय एक ठाउँमा उभिनै पर्छ।'
युक्रेनमा भएको आक्रमणपछि रूसी सेनाले चेर्नोबिल आणविक केन्द्र कब्जा गरेको छ । बिहीबार रुसी सेनाले जेपोरजियाको प्लान्टमा पनि गोलाबारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण