पुटिनले अर्दोगानलाई भने – यसो गरे रुसको कारबाही रोकिन्छ
आइतबार, २२ फागुन २०७८, २१ : ३५
युक्रेनले लड्न बन्द गरेर आफूहरूको माग स्वीकार गरेपछि मात्र रुसले युक्रेनमाथिको सैनिक कारबाही रोक्ने बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगानलाई फोनमा भएको कुराकानीमा यो कुरा भनेका हुन्।
रुसले युक्रेनमा स्थल, वायु र जल सेनाबाट गरेको कारबाही विशेष सैन्य अपरेशन भएको कुरालाई जोड दिएको छ । राष्ट्रपति पुटिनले युक्रेनलाई ‘नाजीकरण’ गर्नेलाई अन्त्य गर्न यो कारबाही महत्त्वपूर्ण रहेको जिकिर गरेका छन् ।
राष्ट्रपति पुटिनले सैन्य कारबाही आफ्नो योजना अनुसार नै चलिरहेको र सही समयमा भइरहेको पनि बताएका छन् । पछिल्ला दिनमा पश्चिमी देशका रक्षा विश्लेषकहरुले युक्रेनमा रुसी सेनाको अभियान अपेक्षा गरेजस्तो अघि नबढेको बताइरहेका छन् । टर्कीका राष्ट्रपतिले तत्काल युद्ध विराम गर्न अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण