“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल पार्न काँग्रेस बागमती प्रदेशले प्रतिनिधि खटाउने
“घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल बनाउना नेपाली काँग्रेस बागमती प्रदेश समितिले प्रतिनिधि खटाउने निर्णय गरेको छ । काँग्रेस प्रदेशको नगरपालिकाहरुमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर “घर घर जाउँ, काँग्रेस जिताऔं” आफ्ना सदस्य खटाउने निर्णय गरेको हो ।
काँग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बिहिबार बसेको बैठकले निर्वाचन लक्षित “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने निर्णय गरेको प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठले बताए ।
उक्त बैठकको निर्णय अनुसार काँग्रेसले प्रदेश भित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरु खटाउने छ । साथै बैठकले आगामी चैत्र ७ गते हेटौंडामा प्रदेश कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको छ ।
महामन्त्री श्रेष्ठका अनुसार बैठकले आगामी चैत्र ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरुलाई स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम समेत गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण