वेदको शिक्षामा टेक्नोलोजीको भूमिकासम्बन्धी कार्यक्रम सम्पन्न
वेद स्कुल व्यवस्थापन प्रणालीले ‘शिक्षाको पुनर्कल्पनाः शैक्षिक क्षेत्रको चुनौती निवारणमा टेक्नोलोजीको भूमिका’ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । इसेवा र वर्ल्डलिङ्क लिमिटेडको प्रायोजनमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाभरका २५० स्कुल कलेजका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा टेक्नोलोजी र शिक्षा क्षेत्रको भविष्यमाथि छलफल गरिएको थियो ।
काठमाडौं बाहिर चितवनमा वेदले आफ्नो पहिलो शाखा विस्तार गरेको हो । कम्पनीका कार्यकारी निर्देशक निर्देश द्ववाले फिनल्याण्ड जस्तो देशहरुसँग शिक्षण प्रक्रियामा प्रतिस्पर्धात्मक मापदण्ड र क्षमता सुनिश्चित गर्न वेद लागि पर्ने बताए । स्कुल तथा कलेजहरुले ढिलो चाँडो डिजिटल प्रणाली अनुसरण गर्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड दिएका थिए ।
वेद इङ्गै्रल्स लिमिटेड डिजिटल स्कुल व्यवस्थापन गर्ने प्रणाली हो । अनलाइन कक्षा, गृहकार्य, हाजिरी साथै लेखा तथा वित्तिय प्रयोग साथै स्कुलको सम्पूर्ण व्यवस्थापनको डाटा र वेबसाइटबाट गर्न सकिने प्लेटफर्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण