एनआरएनएमा समानान्तर गतिविधि बढेपछि संस्थापन आक्रोशित
बुधबार, ०२ चैत २०७८, १२ : ३७
गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुबै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले पनि सोही दिनमा विश्व सम्मेलनको मिति तय गरेको छ ।
यही बीचमा कुमार पन्त नेतृत्वको संस्थापन पक्षले उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा समानान्तर सम्मेलनको आयोजना गरेको भन्दै आक्रोश पोखेका छन् । प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ । संस्थालाई अहित हुने गतिविधिमा संलग्न भए संघको विधान बमोजिम कारवाहीको प्रकृया अघि बढाइने समेत संस्थापनले चेतावनी दिएको छ ।
एनआरएनएमा काँग्रेस र कम्युनिस्टमा कित्ताकाट हुँदै संस्था नै विभाजित बनेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने