युक्रेनबाट विस्थापित हुनेको संख्या १ करोड नाघ्यो
युक्रेनमा रुसी आक्रमणका कारण युक्रेनी नागरिक आफ्नो मुलुक छोड्नका लागि बाध्य भएका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले रुसी आक्रमणको त्रासका कारण १ करोड युक्रेनी शरणार्थी विदेश भागेका बताएको छ । एजेन्सीका प्रमुख फिलिपो ग्रान्डीले रुस र युक्रेनका बीच बढ्दो लडाइका कारण झन्डै १ करोड युक्रेनी आफ्नो घर छोड्नका लागि बाध्य भएको बताएका छन् ।
जसमध्ये २० लाखभन्दा बढी मानिस पोल्यान्ड र करिब १ लाख ८० हजार रुसमा शरण लिन पुगेका छन् । यसैबीच इन्टरनेशनल अर्गनाइजेशनको कार्यालयले बुधबारसम्म देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा भागेका युक्रेनीको संख्या ६४ लाख ८० हजार रहेको अनुमान गरेको छ ।
सिरियाबाट विस्थापित भएका शरणार्थीको ठूलो संख्यामा पनि युक्रेनमै रहँदै आएका छन् । अन्तर्राष्ट्रिय प्रवास संगठन (आइओएस) का अनुमान अनुसार युक्रेन विस्थापितको मामिलामा विगत ३ साताको अवधिमा सिरियाभन्दा माथि पुगिसकेको छ । सिरियामा २०१० मा भीषण युद्धको सुरुवात भएको थियो । सिरियामा हालसम्म १ करोड ३० लाख भन्दा बढी मानिस विस्थापित भइसके भने धेरैले देश छोडेर गइसकेका छन् । संयुक्त राष्ट्र संघीय एजेन्सीको यो अनुमान शुक्रबार प्रकाशित एक दस्तावेजमा देखिएको हो ।
युक्रेनको मारियुपोल सिटी काउन्सिलले मारियुपोल निवासीलाई उनीहरुको इच्छाविपरित रुस लगिएको दाबी गरेको छ । एक सांसदले उनीहरुलाई टाढाको क्षेत्रमा कठोर मजदुरी गराउन लान लगिएको दावी गरेका छन् । गत एक साताको अवधिमा मारियुपोलको कयौं स्थानमा कयौं हजार निवासीलाई रुसी क्षेत्रमा लगिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण