केन्द्रीय समिति बैठकमा महरले भने - मानिसलाई खल्तिबाट बोक्ने प्रवृतिको अन्य होस्
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको संसदीय बोर्ड न्याय संगत देखिने गरी बन्नु पर्ने बताएका छन् । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता महरले आफ्ना मानिसको मात्र नाम खल्तिबाट बोक्ने प्रवृतिको अन्त्य भएर संसदीय बोर्ड न्याय संगत देखिनुपर्ने धारणा राखेका हुन् ।
उनले पछिल्लो समय जनताको आकर्षण काँग्रेसप्रति बढेको समेत बताए । 'घर घर जाऔं काँग्रेस जिताऔँ अभियानले साच्चै जनतामा उत्साह ल्याएको छ । म कञ्चनपुरका ९२ वडा र ९ पालिकामा पुगेँ । त्यहाँ हाम्रो अभियानले सार्थकता पाएको देखियो । अन्य पार्टी त्यागेर काँग्रेस प्रवेश गर्नेहरूको संख्या पनि बढ्दो छ,' उनले भने ।
काँग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको उनको धारणा छ । कम्युनिस्टहरू झुटको राजनीति गर्ने चरित्र उदांगो भएकाले पनि जनताको विश्वास काँग्रेसप्रति रहेको उनले बताए । जनताको त्यो विश्वासलाई आफूहरूले जिवन्त पार्नुपर्ने महरको धारणा छ ।
उनले काँग्रेसलाई शक्तिशाली बनाउन स्थानीय स्तरदेखि नै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन् । 'पार्टीभित्र हामीमा कुनै बेमेल वा तिक्तता भए त्यसलाई हटाउन नेतृत्वले ध्यान दिनुपर्छ,' उनले भने, 'हामी तीनै तहका निर्वाचनमा एक भएर अगाडि बढ्नुपर्छ ।' उनले पार्टीभित्र सबैको एकमत बनाएर अन्य दलसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका छन् । उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण