काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्नु हुँदैन : लुम्बिनी प्रदेश सभापति पुन
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताएका छन् । शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटीको बैठकपछि बोल्दै उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु पर्ने बताए ।
काँग्रेसको स्थिति राम्रो भइरहेको भन्दै उनले स्थानीय आवश्यकता अनुसार मात्र गठबन्धन गर्नु पर्ने बताए । ‘गठबन्धन गर्नुपर्ने कारण के ? हिजोका समीक्षा गर्ने की नगर्ने ? हामी पार्टी भित्रै एक ढिका होस् । पार्टी भित्रै गठबन्धन पहिले गरौं भनेर मैले कुरा राखेँ,’ उनले भने, ‘गठबन्धन गर्ने हो भने मतभारलाई आधार बनाओैँ । हाम्रो चार तहको संसदीय बोर्डको व्यवस्था विधानले गरेको छ । गठबन्धन गर्ने की नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिले दिनुपर्छ। काँग्रेसले अन्य दलसँग गठबन्धन गर्नु पर्ने अवस्था छैन । सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्नु फाइदाजनक हुँदैन ।’
उनले गठबन्धन माथिल्लो तहले गर्ने हो भने काँग्रेसलाई घाटा हुने बताए । गठबन्धन गर्ने आधार र मापदण्ड हुनु पर्ने भन्दै उनले त्यस्तो नभएमा भारतमा काँग्रेस आईको जस्ता अवस्था नेपाली काँग्रेसको पनि आउने बताए । काँग्रेसले गठबन्धनमा जानु पर्छ भन्ने जरूरी नरहेको भन्दै २०० मत भएको ठाउँमा २० हजार मत मिसाउन नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण