जसपाका प्रमुख सचेतकमाथि सांघातिक आक्रमण, सुरक्षा गार्डको पेस्तोल खोसियो
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।
आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको उनले बताए ।
क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ । शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको थियो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।
साहको टाउकोमा २०/२५ वटा टाँका लगाइएको पनि उनले बताए । घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय अमित हेल्थकेयरमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको रहेको उनले बताए ।
बयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गा र भवन निर्माणको विषयमा केही दिनदेखि स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण