‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।
राप्रपा नेपालले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए । राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्ट पारे ।
उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारे । अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण