राष्ट्रिय लोक दोहोरी महोत्सव हुने
‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना पुरस्कारमा नगद १ लाखसँगै मेडल र प्रमाणपत्र समेत राखिएको छ । प्रतियोगिता उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सांस्कृतिक मौलिक मेलाको रुपमा आयोजना हुन लागेको महोत्सवमा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने भएकोले १० लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
डिएआर मुभिजले यस अघि २०७६ सालमा ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि स्थानीय कला र दोहोरी गीत महोत्सवको मुख्य आकर्षक बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण