राष्ट्रिय लोक दोहोरी महोत्सव हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना पुरस्कारमा नगद १ लाखसँगै मेडल र प्रमाणपत्र समेत राखिएको छ । प्रतियोगिता उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सांस्कृतिक मौलिक मेलाको रुपमा आयोजना हुन लागेको महोत्सवमा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने भएकोले १० लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
डिएआर मुभिजले यस अघि २०७६ सालमा ‘राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव’को आयोजना गरेको थियो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि स्थानीय कला र दोहोरी गीत महोत्सवको मुख्य आकर्षक बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
-
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता
-
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’