शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछाने भन्छन्-उपाधि हात पार्ने योजना छ

बुधबार, १६ चैत २०७८, १६ : २१
बुधबार, १६ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले सबै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ ।

‘सबैले राम्रो खेलेर जित निस्कियो । सबै खेल जितेर फाइनल जित्ने योजना छ । अझै पनि हामी फाइनल पुगेको छैनौं । अझै एक खेल बाँकी छ । आज बलरलाई क्रेडिट जान्छ । पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आशिफ शेखको अर्धशतक प्रेरित नेपाल लगातार दुई खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको हो । मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप