बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन बैठक : सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान गर्न सुझाव

बिहीबार, १७ चैत २०७८, १३ : १८
बिहीबार, १७ चैत २०७८

गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर  देउवालाई सुझाव दिएका छन् । बिहीबार बसेको  सत्ता गठबन्धनको बैठकमा उनीहरुले उक्त सुझाव दिएका हुन् । 

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् सांसद दुर्गा पौडेलले भनिन्, ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’  प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन् । 

गठबन्धनको अर्को बैठक चैत २१ गते बस्ने पौडेलले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप