सत्ता गठबन्धन बैठक : सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान गर्न सुझाव
बिहीबार, १७ चैत २०७८, १३ : १८
गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा उनीहरुले उक्त सुझाव दिएका हुन् ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् सांसद दुर्गा पौडेलले भनिन्, ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’ प्रधानमन्त्री देउवा चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदैछन् ।
गठबन्धनको अर्को बैठक चैत २१ गते बस्ने पौडेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण