मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको जानकारी आएको छैन : प्रवक्ता खड्का

बुधबार, २३ चैत २०७८, १९ : ०५
बुधबार, २३ चैत २०७८

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन् । मंगलबार अपरान्ह मन्त्री गुरुङले आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताएका हुन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय गर्ने भनेको उनले बताए । आफूलाई जानकारी आएलगत्तै मिडियामार्फत् सार्वजनिक गराउने प्रवक्ता खड्काले प्रतिवद्धता  व्यक्त गरे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप