पौडेलको आरोप – बमगठबन्धनले देशलाई क्युवा र उत्तर कोरिया बनाउँदैछन्
तनहुँ । नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँको क्षेत्र ३ का जनतालाई एमालले खुल्ला कैदी बनाएको आरोप लागाएका छन् ।
तनहुँको घिरिङ्ग गाउँपालिको ४ नम्बर वडाको मर्कोटको चुनावी सभालाई सम्बोधन गदै नेता पौडेलले सो क्षेत्रमा विकास निर्माणका कामहरु समेत हुन नदिएको र अभिव्यक्तिको स्वतन्त्रता हुनबाट समेत बन्चित गराई लोकतन्त्रबादीहरुसँग आफ्ना कुराहरु भन्न नदिने गरेको बताएका छन् ।
पौडेलले अव कुनैपनि बाहानमा देशको विकास नरोकिने पनि बताएका छन् । देवघाट गाउँपालिका वडा नं २ को छिपछिपेमा चुनावी सभालाई सम्बोधन गदै बरिष्ठ नेता पौडेलले देश राणाहरुको नाममा, पञ्चायतको नाममा र माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वका नाममा देश बारम्बार विकास निर्माण को काममा रोकिएकाले अव कुनै पनि बहानामा देशको विकास निर्माणको गति नरोकिने बताएका हुन् ।
देशले संविधान पाएर कार्यन्वयनको चरण रहेको बेला देशका बामपन्थी विचारधारका दलहरु मिलेर गठबन्धन गरी देशलाई सर्वसत्ताबाद तिर लान खोजेको भन्दै यसलाई रोक्ने कांग्रेस भएकाले देशलाई चरमपन्थीहरुको हातमा जान दिएर क्युवा र उत्तर कोरिया जस्तो हुनबाट रोक्न जनताहरुलाई बरिष्ठ नेता पौडेलले आग्रह गरेका छन् ।
देवघाट गाउँपालिकाको १, ३ र ४ नम्बरको विभिन्न गाउँहरुको मतदाता घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले यस क्षेत्रका जनताले आफुलाई विश्वास गर्दै आएको र त्यो विश्वास आगामी चुनावमा पनि कायम रहने विश्वास गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण