युक्रेनले आफ्ना नागरिकलाई भन्यो- तत्काल लुहान्स्क खाली गर्नू
शनिबार, २६ चैत २०७८, १४ : ४१
रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रमा ठूलो संख्यामा रुसी फौज परिचालन भएका छन् । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको रायटर्स समाचार संस्थाले जनाएको छ ।
रुसले पूर्वीयुक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो । यसैबीच, रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । जनरल अलेक्जेन्डर दिभोरनिकोभलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ । जनरल अलेक्जेन्डरमा सिरियामा भएका रुसी कारबाहीमा राम्रो अनुभव भएको पश्चिमा अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण