युक्रेन भन्छ - रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो
युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।
‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।
युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउँदै आएको छ । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । पूर्वीयुक्रेनको दोनबासलगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठूलो संख्यामा सर्वसाधारण पलायन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण