२० करोडको लागतमा परासीमा सुविधासम्पन्न होटल सञ्चालनमा
नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ । जिल्लाको रामग्राम नगरपालिका ३ स्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको हो ।
शान्तिका अग्रदूत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तूप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटेल नरहेकाले यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटलका संचालक मनोज कुमार गिरीले जानकारी दिए ।
६ कट्टा क्षेत्रफलमा करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिएको होटलमा सुपर डिलक्स, डिलक्स गरि २४ वटा एसी रुमहरु छन् । यस्तै २ वटा हल, मल्टी कुजिन फाइनडाइन रेष्टुरेन्ट, लाउन्ज बार, कफी शप, रुफटफ गार्डेन रेष्टुरेन्ट समेतको व्यवस्था रहेको होटेल संचालक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
-
भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
-
कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
छोरी जन्मिए प्रोत्साहन भत्ता !
-
चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण