काँग्रेस काम गर्ने पार्टी हो : प्रवक्ता महत
नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले काँग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोटको दुप्चेश्वरमा बिहीबार आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल्ला बढी गर्छन् । कांग्रेस काम गर्नमा व्यस्त हुन्छ । चुनावमा गफ गर्नेलाई नभई काम गर्ने पार्टीलाई जनताले विश्वास गर्नुपर्छ ।”
उनले नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरलाई देशका प्रसिद्ध १० शक्तिपीठमध्येको एक बनाउने प्रतिबद्धता जनाए । उनले भने “मन्दिरको संरक्षणको लागि गुरु योजना बनाएर पुरातात्विक मापदण्डअनुसार आवश्यक संरचना निर्माण गर्नुपर्दछ ।”
दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा लामो समयदेखि रहेको गोसाईंकुण्ड घ्याङगुठीको समस्या, नुवाकोटको सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने पदमार्गको व्यवस्थापन, जलविद्युत् आयोजना निर्माणले धार्मिक सम्पदामा पुग्ने असरप्रति सम्बन्धित पक्षलाई सजग गराउन सहयोग गर्ने प्रतिबद्धता सो अवसरमा उनले जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण