विश्रामको ‘के छ मसँग’ मा अमृत र नग्माको रोमान्स
गायक विश्राम रायमाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायमाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ ।
गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ । जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमी-प्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन् ।
कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिएका थिए । गीतको शब्द, संगीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुबै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफुले लिएको गायक विश्राम रायमाझीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण