हुम्लामा एक पुरुष मृत भेटिए
मङ्गलबार, ०६ वैशाख २०७९, २१ : ३७
हुम्लाको सिमकोट गाउँपालिका –४ बुराउँसे गाउँ नजिकै सडकमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा जिल्लाको मध्य भेग सर्केगाड गाउँपालिका – ८ राहदेउ घर भएका लालसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।
बुराउँसेमा नातेदार आफन्त बसोबास गर्दै आएको र उनीहरुलाई भेट्नको लागि सुनार गएको भन्ने बुझिन आएको छ ।
सुनारको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएसँगै थप जानकारी हुने प्रहरी प्रमुख ओझाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा