राप्रपा नेपाल, परिवार दल र जनमोर्चाको विद्रोही समूहसँग तालमेल गर्न एमालेको सर्कुलर
नेकपा एमालेले सहमति गरेका तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई सर्कुलर जारी गरेको छ । उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो । एमाले महासचिव शंकर पोखरेलले मंगलबार तल्ला निकायलाई पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको विद्रोही समूहसँग चुनावी तालमेल गर्न सर्कुलर जारी गरेका हुन् ।
एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो । गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।
महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै