‘माया बिछट्टै’ मा जिम्बे र लक्ष्मीको रोमान्स
बिहीबार, ०८ वैशाख २०७९, १४ : १८
गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत ‘माया बिछट्टै’ को भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द रहेको गीतमा प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ । गीतमा ऋषि खड्काको संगीत छ, भने विशाल निरौलाले एरेन्ज गरेका छन् । गीतको भिडियोमा भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ ।
रंगमञ्चबाट उदायकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएका मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी भिडियोमा प्रसस्त गर्न खोजेका छन् । भिडियो प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ । गीतकार तथा मोडल राईले यसअघि ‘ए जिन्दगी’ बोलको गीतबाट चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण