शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा १४ हजारभन्दा बढीको स्वास्थ्य बीमा

बुधबार, १३ मङ्सिर २०७४, ०९ : २८
बुधबार, १३ मङ्सिर २०७४

तनहुँ - तनहुँमा पाँच महिनाको अवधिमा १४ हजार ८ सय जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।  

गत असार १ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति तनहुँले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा मंगलबार सम्म चार हजार परिवार बीमामा आवद्ध भएका छन् । 

बीमा दर्ता गरेबापत ९३ लाख संकलन भएको कार्यालयका प्रबन्धक तुलसी पोख्रेलले जानकारी दिए । बीमा दर्ता गराएका २ हजार ३ सय जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले ८ लाख भुक्तानी गरिसकेको छ ।

बीमा दर्ता गरेका सदस्यले तनहुँका सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ९२८ प्रकारका सूचीकृत औषधि र १२८ प्रकारको विविध उपचार सेवा पाइरहेको पोख्रेलले बताए । 

तनहुँका सेवा प्रदायक स्वास्थ्य संस्थामा दमौली अस्पताल, जिपि कोइराला स्वासप्रस्वास अस्पताल, बन्दिपुर अस्पताल, लमजुङको सुदरबजार अस्पताल, चितवनको भरतपुर अस्पताल, भिमाद र पुरनडिही स्वास्थ्य केन्द्र छन् । 

जिल्लामा हाल ९५ जना बीमा दर्ता सहयोगी तनहुँका ४ नगरपालिका र ६ गाउँपालिकामा खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप