आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

इन्डियन आइडल विजेता पवनदीपको नेपाल क्रेज

शुक्रबार, ०९ वैशाख २०७९, १४ : २३
शुक्रबार, ०९ वैशाख २०७९

भारतीय गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजनले यही वैशाख ११ गते लर्ड अफ ड्रिंक्स (एलओडी) मा आफ्नो विशेष सांगीतिक प्रस्तुती दिँदैछन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्य ( ह्यापी) ले पवनदीपको सांगितिक प्रस्तुती हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएको बताए ।  

रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ । 

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त सांगीतिक कार्यक्रमलाई विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् । कोरोनाको कारणले स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने विश्वास गरिएको छ । चर्चित गायक पवनदीपले विभिन्न धार्मिक स्थलहरूको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप