ललितपुर : व्यञ्जनकारद्वारा ११ औँ पटक वडाध्यक्षमा उम्मेदवारी दर्ता
आइतबार, ११ वैशाख २०७९, १२ : २७
ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् ।
८१ वर्षका व्यञ्जनकार विसं २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । व्यञ्जनकार भन्छन्, ‘मैले सुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’ उनले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको यो ११ औँ पटक हो ।


यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
