शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा विस्फोट : चारको मृत्यु, कैयौँ घाइते

मङ्गलबार, १३ वैशाख २०७९, २० : ४४
मङ्गलबार, १३ वैशाख २०७९

पाकिस्तानको कराँचीमा भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ घाइते पनि भएको सरकारी अधिकारीहरूले मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका छन् । 

कराँचीमा रहेको एउटा विश्वविद्यालयको छेउमा रहेको पार्किङमा विस्फोट भएको उनीहरूले जनाएका छन् । विस्फोटपछि सानो आगलागी भएको थियो । 

विस्फोटन कसले गराएको हो भन्नेबारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको र खोजी तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएकाहरूलाई स्थानीय विभिन्न अस्पतालमा लगेर उपचार गरिएको अधिकारीहरूले जनाएका छन् ।  
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप