बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

बुधबार, १४ वैशाख २०७९, १८ : ३२
बुधबार, १४ वैशाख २०७९

गर्भवती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । गत चैत ८ गते काठमाडौँको नागढुंगास्थित आफ्नै घरको कोठाभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई विभिन्न डर त्रास देखाई जबरजस्ती करणी गरी फरार रहेका ३५ वर्षीय सागर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा न.पा. वडा नं. २ घर भएका  शाहीलाई खोजतलास गर्ने क्रममा बुधबार दिउँसो नागढुंगामा फेला पारी पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ । शाहीलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि आज प्रहरी वृत्त थानकोट पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप