कार दुर्घटनामा परे गायक प्रमोद खरेल
गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एउटा अर्काे युद्ध जितियो जिन्दगीसँग भन्दै आफु दुर्घटनामा जानकारी दिएका छन् ।
‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राती १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’ उनले अगाडि लेखका छन्, ‘अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्रै झन्डै ४५ मिनेट पछि मेरो होस आएछ ।’ राती ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आएको समेत उल्लेख गरेका उनले अहिले आफु बेड रेष्टमा रहेको जनाएका छन् ।
आयोजकले चलाएको कार सडकको पर्खालमा ठोकिएर दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण