समीक्षाले किन सच्याइन् फेसबुक पोष्ट ?
शुक्रबार, १६ वैशाख २०७९, ११ : २४
गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्–
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’
उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समीक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे ।
केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत उडाउन थाले । सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण