शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आशाको यस्तो आश

शुक्रबार, १५ मङ्सिर २०७४, ०९ : ४३
शुक्रबार, १५ मङ्सिर २०७४

तनहुँ - विनाविभागीय मन्त्री आशा कोइरालाले तनहुँको सबै क्षेत्रमा बामपन्थीले जित्ने दावी गरेकी छन् ।

तनहुँ प्रतिनिधि सभा २ प्रदेश सभा १ की उम्मेदवार कोइरालाले सबै सिटमा बामपन्थी उम्मेदवार विजयी हुने बताइन् ।

कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै रुपमा चुनाव लड्दा खासै अन्तर नहुने गरेको विगतले देखाइसकेकाले यस पटक एमाले र माओवादी मिलेरै लड्दा बामपन्थीको जितमा कुनै शंका नरहेको उनको भनाइ छ ।

हरेक जनताको घर–घरमा र मन–मनमा आफू पुग्न सकेकाले बताउँदै कोइराला जनताले आफूलाई विजयी गराउनेमा आशावादी छिन् ।

चुनावी मैदानमा उनीसँग कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल प्रतिस्पर्धा गर्दै छन् । प्रदीपले पनि आफ्नो जित हुने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप